राजावादीले पुर्‍याएको क्षति हेर्न पुगे गृहमन्त्री- पत्रकारसँग के भने ? (भिडिओ) – Nepal Press

राजावादीले पुर्‍याएको क्षति हेर्न पुगे गृहमन्त्री- पत्रकारसँग के भने ? (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजा फर्काउने भन्दै हिजो भएको आन्दोलनका क्रममा गरिएको तोडफोड तथा आगजानीबाट क्षति पुर्‍याएका संरचनाको स्थलगत निरीक्षण गरेका छन् । उनको साथमा चारवटै सुरक्षा निकायका अधिकारी पनि थिए ।

राजावादीको निसानामा परेको तीनकुने-कोटेश्वर क्षेत्रको क्षतिग्रस्त निजी घर, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयलगायतका स्थान पुगेर लेखकले त्यहाँको क्षति विवरणबारे जानकारी लिए ।

पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेको भन्दै सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

शुक्रबार राजवादीको आन्दोलनको क्रममा कोटेश्वर, तीनकुने तथा आसपासको क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो ।

एभिन्युजका एक क्यामरा पर्सनसहित २ जनाको मृत्यु भएको छ । हिजो दिउँसोदेखि लगाइएको कर्फ्यू भने बिहान ७ बजेदेखि स्थगित गरिएको छ ।


प्रतिक्रिया

One thought on “राजावादीले पुर्‍याएको क्षति हेर्न पुगे गृहमन्त्री- पत्रकारसँग के भने ? (भिडिओ)

  1. यो गृहमन्त्री नै हो यश घटनाको जिम्मेवार ! शान्तिपूर्ण आन्दोलन भडकाउन किन मंचमा अश्रुग्यास र गोलि हानेको?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर