तीनकुने घटना सम्झेर हर्क साम्पाङले रुँदै भने –रगत बगाएर देश बन्दैन, पसिना बगाउनुपर्छ


काठमाडौं । हिजो तीनकुनेमा राजावादीले गरेको आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सम्झँदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेका छन् । नियमित श्रमदान कार्यक्रम अन्तर्गत सर्दुखोलामा स्वयसेवकहरुलाई सम्बोधन गर्ने क्रममा मेयर राई भावुक बनेर रोएका हुन् ।
उनले रुँदै भने, ‘हिजो मात्रै एउटा युवा शहीद बनेर गयो । हामी किन शहीद बन्नुपर्यो भन्दा हामीले देशलाई बाँझो बनायौं । आज देशमा केही छैन । आज ठूलो भिड विदेश गइरहेका छन् । हामी विदेशमा पनि मरिरहेका छौं । हामीले यो कुरा बुझ्छौं कि बुझ्दैनौं ? अब यो देश बनाउन पसिना बगाउनुपर्छ, एक नेपालीले अर्को नेपालीले रगत बगाएर देश बन्दैन । को ठूलो नेता बन्ने कुरा छाडिदिनुस् ।’
कार्यक्रममा राईले श्रमसम्बन्धी गीत गाइसकेपछि भावुक बनेका थिए । ऐनामा हेर्दा जो देखिन्छ, उसैले देश बनाउने भन्दै उनी हिजोको तीनकुनेको घटना सम्झेर भावुक बनेका थिए ।
हिजो भएको आन्दोलनमा आगजनी, तोडफोड, लुटपाटको साथै एक पत्रकार सहित दुईजनाको मृत्यु भएको थियो । यी सबै गतिविधिमा आन्दोलनका जनकमाण्डर तोकिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिम्मेवार ठहर गर्दै सरकारले पक्राउन गर्न आदेश दिएको छ । तर, प्रसाई भने फरार छन् । हिजोको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा नेताहरु रविन्द्र मिश्र, महामान्त्री धवल शमशेर राणा लगायत नेताहरु पक्राउ परिसकेका छन् ।
आवस्येक्ता के आज अनि भोलिको ??
==========================
१. देश बनाउनेहरु पसिना बगाउन लाग्छन, द्वन्द उद्योगीहरु अनेक बहनामा द्वन्द, टकराव र बिध्वंग्सको भाषा र त्येस्तै कर्ममा जुट्छन : राजा चाहियो भन्ने हुन् या बाहिरी रुपका अत्ति ‘क्रान्तिकारी’ तर भित्र अर्कै धुन भएका प्रचण्डहरु हुन् : कोहि भारतीय नेताको तस्बिर बोकेर जुलुस गर्छन कोही, भारतको नुनको सोझो गर्छन : भारतीयको कम्फ़र्टेबल सरकारको वकालत गर्छन !!!
२. न्याय प्रेमी जनता : बिबेकशील बन : द्वन्दले उन्नतिको बाटो रोक्छ : द्वन्द उब्जाउने र त्येसमा रमाउनेहरुलाई चिन र छोडि देउ !!
३. देशलाई माया गर्ने, देशको उचाइ चाहने र आफ्नु उन्नति चाहनेहरु : लेगेशी जे सुकै होस्, परिवेस फेरियो, आवस्येक्ता फेरियो, कर्तब्य फेर्नु पर्यो : कर्म फेर्नु पर्यो : कुनै प्रकारको द्वन्द गर्ने र द्वन्द चाहनेलाई बहिस्कार गर्दै देश बनाउन एक जुट हुने अहिलेको आवस्येक्ता हो !!
४. जनमत दिनु पर्दाको बेला रास्ट्रलाई एकजुट बनाउने, राष्ट्रिय सक्ति बनाउने अभियानमा सामेल होउ : ८४ भन्छन नि : हो त्यो राष्ट्रिय सक्ति निर्माण गर्ने अभियानको लक्ष्य बनोस !!
५. आजको दिनमा, यो सानु जनसंख्या भएको मुलुकमा, कुनै यौटा पक्ष्यले अर्कोलाई निर्मुल गरेर एक्लै सर्बत्र छाउने सम्भावना छैन त्येशैले राजनीतिक पार्टीहरुले आफ्नु अर्को वा देशलाई केन्द्रमा राख्ने सक्निलाई मित्रवत सम्झेर संगै जाने र यो अभियान सफल पार्ने कुरामा बिबेकी बन्नु जरुरी छ !! द्वन्दको यो दोहोरी : कतै पुग्ने मुलबाटो हैन बरु घुमाइ फिराइ अवस्था उस्तै बनाइ रहने ‘पथरी’ हो : सचेत बन : चेतनशील बन !!!