पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण – Nepal Press
ब्रेकिङ न्युज:

पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

स्रोतले नेपाल प्रेसलाई भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।


प्रतिक्रिया

8 thoughts on “पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण

    1. श्रीपेज गुमाउदात जनताको नासो जनतालाई फिर्ता गर्दछु भनेर देश नछोडेका राजाले राजादानी खोसेर देस छोड्दैनन्।यो नै राजा र नेता विचको अन्तर हो।

  1. यस्ता अपराधीहरूलाई नजरबन्द होइन कारावास गरी यसले गरेका अरबौ बेइमानी गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर

    1. गर्नुपर्ने नै त्यहि हो,राजतन्त्रको प्रेतलाई

  2. Good. पक्राउ पनि गर्नुपर्छ हिसा भडकाएको मा!

  3. पहिले सबै भ्रष्टाचारीको पासपोर्ट रद्ध गरेर छानबिन गरि लुटेको पैसा फिर्ता गर ।

  4. बिदेशमा बसेर नेपालमा आतंक मच्चाउने कम्युनिष्ट र कांग्रेस भन्दा स्वदेशमै बसेर आदोलन गर्ने राजा सही छन्। सरकार एकोहोरो आफ्नो भाष्य निर्माड गर्न उद्दत छ, यो क्षणिक हो। गाडतन्त्रबादी को पराजय निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर