भिडिओमा देखिएकी युवती एभिन्युज टिभीकी पुर्वपत्रकार, घरमा आगाे लागेपछि गरेकी थिइन् हारगुहार (भिडिओ)


काठमाडौं । एभिन्युज टेलिभिजनका क्यामरापर्सन सुरेश रजक जल्नुअघिको भिडिओमा देखिएकी एक युवती सोही टेलिभिजनमा विगतमा काम गरेकी सञ्चारकर्मी एनी (अनिता) कुँवर भएको खुलेको छ । घरमा आगो लागेपछि आफुले हारगुहार गरेको र आगो निभाउन प्रयास गरेको बयान उनले दिएकी छन् ।
भिडिओे सार्वजनिक भएपछि कतिपयले उनीमाथि नै आरोप लगाइरहेका थिए । भिडिओमा सुरेश कोठाभित्र थुनिएको अवस्थामा एनी र उनको पछिपछि अर्को व्यक्ति भर्याङबाट तल ओर्लिरहेको देखिएको छ । अर्को व्यक्तिले स्कार्फले अनुहार छोपेका छन् ।
घरमा आगो लागेपछि एनीले भित्र मान्छे थुनिएको भन्दै फेसबुक लाइभमा आएर हारगुहार गरेकी थिइन् ।
एभिन्युज टीभीमा प्रशारण हुने खबरभित्रको खबरमा केही समय समाचारवाचिकाको काम गरेकी एनीले त्यसपछि न्युज २४ मा कल २४ नामक कार्यक्रम पनि चलाएकी थिइन् । अहिले भने उनी धार्मिक र राजावादी अभियानमा सक्रिय छिन् । उनी मिस राजधानी २०१२ समेत हुन् ।
राजावादी अभियन्तासमेत रहेकी एनीले लेखेको फेसबुक स्टाटस:
प्रशासन सबैलाई फोन गरेँ, दमकललाई फोन गरेँ हारगुहार गरे केहीबेर लाईभ गरेँ फेसबुकबाट पनि । कोही नअएपछि कोही छ भने सके आफै जान्छु भनेर म आफै पत्रकार भए पनि कसैको ज्यान बचाउँ, भवन जल्दैछ त्यो हेरेर बस्न सकिनँ । यसो हेर्छु, मेरो पनि आँखा पिरो भएकोले केही देखेको थिइनँ ।
गेटमा ताल्चा थियो, म बाहिरबाट भिडियो खिच्दै गुहार गर्दै थिएँ, सबै एक-आपसको भिडन्तमा छन् । मेरो गुहार कसैले सुन्ने अवस्था थिएन । आफ्नै ज्यान जोखिममा राखेर गएँ । मसँगै अन्य, आगो लाग्यो, त्यो घरमा प्रहरी छ्न् कि कोई मान्छे छ, आगो निभाउन पर्यो, तर कोही कसैले सुन्ने वातावरण थिएन । आफुलाई नै भुलेर रिपोर्टिङ गर्दै जाँदा बलेको आगो देखेर मैले एक जना भाईलाई तानेर लिएर गएँ भने भाई अलि माथिसम्म मात्र भए पनि जाउँ। अलिअलि आगो निभाउँ, कोही छ भने जल्छ भनेँ । नाई नाई भन्दै थिए, ती भाईलाई आउन आउ भाइ उभिबकभ भन्दै तान्दै आगो निभाउन कोसिस गराएँ । बिचरा ती भाइ को हुन्, टियर ग्यासले घाईते थिए जस्तो लाग्यो । तर पनि ती भाईको हातको बोटलको पानी, लिएर आगो निभाउन आएँ, मैले उभिबकभ हातको बोतलको पानीले भए पनि त्यो कम्प्युटर बल्दै छ, निभाईदेउ भन्दै कराएँ । ती भाइले आगो माथिबट खस्दै छ भागौं हामी जल्छौं भन्यो । साईडमा जार रहेछ त्यो जारको पानी र हातको बोटलको पानीले न भ्याएर जारको पानी अलिकति साईडमा थियो । त्यसैले भए पनि निभाउने कोसिस गरेउँ ।
कम्पुटरमा लागेको आगो निभेपछि निभ्यो भनेर म ढुक्क भएर आएँ । तर के थाहा, माथिलो तल्लाबाट आगो दन्किसकेको रहेछ । एकछिनपछि भागौं भन्ने आवाज आयो । तेत्रो आगो माथिल्लो तल्ला साइड साइडबाट दन्किसकेको रहेछ । मैले कोही छ भनेर चिच्याएँ कसैको आवाज सुनिने अवस्था पनि थिएन । माथिबाट खस्दै गरेको आगोको झिल्का भेट्ला झै गरेपछि पत्रकार सबै जो जो थिए कोही कोही आगो नलागेकोमा छामछुम गर्दै थिए । हेर्दा चोरजस्तो पनि लाग्यो ।
आगो निभाउने भाइ बिचरा जो भएपनि धन्यवाद दिदी पानी यता अब कतै छैन, माथिल्लो तल्लाबाट आगो आयो भागौं, ग्यास आँखा मुख पोलेर गारो भो भन्दै चिच्याए,तर के थाहा म त्यही भवनमा लागेको आगो निभाईदेउ भनेर हारगुहार गर्दागर्दै मेरो सहकर्मी पत्रकार सुरेश रजक त्यहीँ थिए भनेर म पत्रकारीता भन्दा पनि आगो निभाउनेतिर ध्यान थियो । अन्य पत्रकारहरु कोही छ रहेछ भवनमा थाहा हुँदा हुँदा पनि ज्यान बचाउनतर्फ नलागेर भिडियो खिची बस्दै थिए,कोही दराजहरुमा सामान झिक्ने गर्दै थिए । मलाई लाग्यो यहाँ त अभियान्ताको नाममा चोर पो रहेछन् । यिनीहरुले मलाई नै मार्लान् ।
म स्तब्ध छु केही भन्न सक्ने अवस्था छैन कोही छ भन्दा चाहे पत्रकार,कर्मचारी,प्रहरी जो भएपनी मैले कोही छ भन्दा म माथिबाट बर्सेको आगोले म पनि जाने रहेछु हिजो अहिले सम्झदा त्यही अनुभुति भयो । जे होस म आफ्नै ज्यान जोखिममा राखेर भए पनि बचाउछु भनेर गएको थिएँ । कम्पुटरको आगो निभाउन सफल भएपछी मैले लामो सास फेरेँ तर अर्को पट्टिबाट आगोले सबै भेटिसकेको जस्तो लाग्यो । आगोले निसासेपछी अन्य पत्रकार सबै मलाई धकेल्दै भागेपछि खोक्दै धुवाले तल आएँ।
तर मेरो सहकर्मी पत्रकार साथी त्यही भवनमा जलेछन् म स्तब्ध छु।
नौटंकी ।