माओवादीको मुख्यालय पेरिसडाँडा पुगे गृहमन्त्री, अग्नि सापकोटासँग के भयो कुराकानी ?


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
हिजो राजावादीको हिंसात्मक पर्दशन गरेको काठमाडौं तिनकुने क्षेत्रको अवलोकनको क्रममा गृह सचीव र तीन सुरक्षा अङ्गका प्रमुखसहित पेरिसडाडाँ पुगेका हुन्।
पार्टी मुख्यालयमै पुगेका गृहमन्त्रीसँग पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भेटवार्ता गरे। व्यवस्था विरुद्धको उदण्डतामा सबै एकाकार भई प्रतिवाद गर्नुपर्ने बिषयमा छलफल भएको केन्द्रीय सदस्य रमेश मल्लले बताए।
भेटबारे उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुन्छन। जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्थाविरुद्ध कसैले उदण्डता प्रर्दशन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ भन्ने कुरा भयो।’