ज्ञानेन्द्रलाई देउवाको प्रश्न: अहिले त यस्तो अराजकता मच्चाउँछन्, राजा बने के गर्लान् ? (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा गणतन्त्र नहट्ने बताएका छन्। नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने नेचर नै नभएको बताए।
उनले भने ‘हिजो काठमाडौंमा पूर्वराजाको नाममा हुलहुज्जत भयो। अराजक तरिकाले धेरै घरहरुमा आक्रमण गरेका छन्। त्यसले स्पष्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् रु कहिले पनि संवैधानिक राजा भन्न खोजेका पनि थिएनन्। बन्ने नेचर पनि छैन। सम्भावना छैन। गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन।’
उनले देश गणतन्त्रको पक्षमा एकजुट रहेको जिकिर गरे।