हेटौंडामा बालुवा बोकेको ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु – Nepal Press

हेटौंडामा बालुवा बोकेको ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु

हेटौंडा । बालुवा बोकेको लोड ट्र्याक्टरले च्यापिएर मकवानपुरको हेटौंडामा चालकको मृत्यु भएको छ । ट्र्याक्टर चालक पर्साको जगरनाथपुर- ४ हरपुरका १९ वर्षीय सद्दाम हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका- १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडक खण्डमा ज्यामिरे खोलाबाट जाँदै गरेको बा प्र २-०३-००१ त ४३७१ नम्बरको बालुवा बोकेको ट्र्याक्टर अनियन्त्रित भएको थियो ।

अगाडिको इन्जिनको भाग उठी दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर