प्रेस सेन्टरलाई अग्नि सापकोटाको सुझाव- सहमतिबाट नेतृत्व चयन गर्नुस् (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले प्रेस सेन्टरलाई सहमतिबाट नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।
प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले क्षमतावान नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
नेता सापकोटाले भने, ‘लोकतन्त्रको सर्वोत्तम विधि नै सहमति हो । सहमति कायम गर्न सबैले आआफ्नो ठाउँमा भूमिका खेल्नुस् । यो अग्रगामी भूमिकामा छ । यसले राष्ट्रिय सन्देश दिन्छ भन्ने विश्वास छ ।’
उनले हिजो राजावादीहरुको प्रदर्शनलाई ताण्डव नृत्यको संज्ञा दिए ।
उनले भने, ‘हिजो हामीले एकातिर ताण्डव नृत्य देख्यौं । अर्कोतिर हाम्रो पार्टी सम्मिलित समाजवादी मोर्चाले समाजवादको आधार तयार गर्ने प्रस्थानविन्दूको रुपमा प्रस्तुत गरेको छ । क्रान्ति र प्रतिक्रान्तिको टकरावसँगै समाजवादी क्रान्तिको आधार तयार पार्न वस्तुगत स्थिति तयार भइसकेको छ ।