दुर्गा प्रसाईंका रोयल टास्क फोर्स कमान्डर मुनिन्द्र राजभण्डारी पक्राउ


काठमाडौं । शुक्रबारको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउने दुर्गा प्रसाईंका सहयोगी तथा उनको अभियानका रोयल टास्क फोर्स कमान्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई शनिबार प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । नेपाली सेनाको सहसेनानीबाट अवकाश पाएका राजभण्डारी राजावादी आन्दोलनमा आरटीएफ कमान्डरका रुपमा परिचित छन् ।
यसलाई शाही विशेष कार्यदलका रुपमा उनीहरुले स्थापित गरेका थिए । शुक्रबार भएको हत्या, लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ, तर दुर्गा प्रसाईं भने फरार छन् ।