हामीले झण्डै एक लाख जनता नउतारेको भए हिजो राजावादीहरुले अझै ठूलो घटना निम्त्याउँथे: प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो समाजवादी मोर्चाले करिब एक लाख जनता गणतन्त्रको पक्षमा उतारेकै कारणले राजावादी अराजकता कम भएको बताएका छन् ।
प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरु हिजो ठूलो अराजकता र आपराधिक क्रियाकलाप गर्ने षड्यन्त्रको साथ आएको दाबी गरे ।
हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद दिएको सुनाउँदै प्रचण्डले भने, ‘समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए, हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो । त्यहाँ हिजो झन्डै एक लाख जनता नउत्रिएको भए, यतिमात्रै होइन, अझै ठूलो घटना हुन्थ्यो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’
उनले राजावादीहरुको अराजक समूहले दुई जनाको ज्यान लिनुका साथै थुप्रै घर, गाडी, पार्टी कार्यालयहरु जलाएको बताए ।
जम्मा २५००० पनि मान्छे थिएनन ।१ लाखको धक्कु लगाउँछ ।
जसले १७००० नेपालीको हत्या गर्यो, उसैको ठुलो स्वर!