कांग्रेस र एमालेलाई प्रचण्डको आह्वान- आउनुस् आत्मसमीक्षासहित सच्चिने संकल्प गरौं


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कांग्रेस र एमाले गणतन्त्रवादी जस्तो नभएकाले गणतन्त्रवादीहरुको एकता हुने आधार नदेखिएको बताएका छन् ।
प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी गणतन्त्रको विरोध जस्तो भयो भने गणतन्त्रवादीको एकता कसरी हुनसक्छ भन्दै प्रश्न गरे।
प्रचण्डले गणतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरेर हिजो गरिएको कमजोरी, भ्रष्टाचारी र दलालहरुको पक्षमा उभिने, बिचौलियाको इच्छाअनुसार चल्ने काम बन्द गरे गणतन्त्रवादीहरुको एकता सम्भव हुने बताए ।
उनले सरकारमा बसेकाहरुलाई आफ्नो व्यवहारमा समीक्षा गर्न अपिल गरेको बताए ।
उनले भने, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ताको नाताले गणतन्त्रको हितप्रति गहिरो जिम्मेवारीबोधको साथ मैले भनेको छु, आउनुस् सबै बसेर आत्मसमीक्षा गरौं, संविधान कार्यान्वयनमा कहाँ त्रृटि भयो हेरौं र सच्चिने संकल्प गरौं । जनतातिर फर्किन तयार भए फेरि पनि सहकार्य हुनसक्छ ।’
यसोउिो भनेर, गोलमेच भनेर अन्तत राजावादीलाई नै सघाउने र मन्त्री खाईहाल्ने दाउ छ प्रचण्डको । ८४ सम्म पद बाहिर राखिदियो भने प्रचण्डहरू सकिन्छन् ।याद गर काँग्रेस एमाले ।