पूर्वराजालाई बालेनको जरिवाना- भोलि पत्र लिएर निर्मल निवास जाँदै महानगर – Nepal Press

पूर्वराजालाई बालेनको जरिवाना- भोलि पत्र लिएर निर्मल निवास जाँदै महानगर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानापत्र लिएर भोलि काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास जाने भएको छ । अफिस समय भएपछि क्षतिको मूल्यांकनसहितको जरिवानापत्र लिएर महानगरको टोली जाने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले हिजो राजावादीहरुको प्रदर्शनका क्रममा तोडफोड गर्दा ७ लाख ९३ हजार बराबरको क्षति पु¥याएको भन्दै जरिवाना तोकेको छ ।

राजावादीहरुले सडकपेटीमा जथाभावी फोहोर गरेको, दमकल तोडफोड गरेको, तीनकुनेमा रुख, विरुवा, रेलिङ तोडफोड गरेको भन्दै महानगरले पूर्वराजालाई नै जिम्मेवार बनाउँदै जरिवाना तोकेको हो ।

याे पनि पढ्नुस् : काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना (पत्रहरुसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर