नेपाल प्रेसकर्मी आचार्य सम्मानित


कैलाली । नेपाल प्रेसकर्मी भानुभक्त आचार्य सम्मानित भएका छन् । अपाङ्गता भएका नागरिकहरुको हक अधिकारको बारेमा समाचार सम्प्रेषण गरेर राज्यलाई जवाफदेही बनाएको भन्दै नेपाल प्रेसका सुदूरपश्चिम प्रमुख आचार्यलाई शनिबार सम्मान गरिएको हो ।
सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा आचार्यलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल प्रेसकर्मी आचार्यसँगै अत्तरियाबाट प्रकाशित हुने अग्नि पोष्टका कार्यकारी सम्पादक कैलाश जोशी पनि सम्मानित भएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दैवज्ञराज न्यौपाने र गैसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष चेतमान साउदले आचार्य र जोशीलाई कदरपत्रसहित खादा र माला लगाएर सम्मान गरे ।
सर्वाङ्गीण अपाङ्गता विकास समाजका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्ग क्षेत्रका अभियन्ता भीमबहादुर शाह र रुपा राईलाई पनि सम्मान गरिएको छ ।
अधिवेशनले नन्दराज भट्टको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मानबहादुर बस्नेत, महासचिवमा रामचन्द्र राना, सचिवमा चेतराज भट्ट र कोषाध्यक्षमा करिश्मा चौधरी छन् ।
यस्तैगरी सदस्यहरुमा गणेशसिंह धामी, हरि कुमाल, फिरियाकुमारी चौधरी, सावित्री कार्की, उमा पोखरेल र जानकी लुहार रहेका छन् ।