प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- चिन्ता नगर्नुहोस्, हामी छौं

२०८१ चैत १६ गते १९:११

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तथा अधिवक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।
भेटका क्रममा थापाले तीनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गर्दै आफूहरुको रहेको बताए ।
तीनै जनाले आफूहरुलाई भेट गर्न आएकोमा थापालाई आभार प्रकट गरेको थापासँगै गएका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
प्रतिक्रिया
One thought on “प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- चिन्ता नगर्नुहोस्, हामी छौं”
Leave a Reply
सम्बन्धित खवर
नैतिकता नभएको लफङ्गो भएपछि के लाग्छ । अध्यक्षबाट ज्ञानेले हराईदिएको भनेर राजा चाहिदैन भन्ने यहि मौकापरस्त अवसरवादी हो ।