त्रिवि उपकुलपति बरालले दिए राजीनामा


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।
उनी प्रोस्टेटका पीडित हुन् । राजीनामा सम्बन्धमा बुझ्न खोज्दा उपकुलपति बरालका दुइटै मोबाइल स्विच अफ छन् । उनी निकट स्रोतका अनुसार उनी राजीनामा पठाएर पोखरातर्फ लागेका छन् ।
बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
के भएर राजानामा दिनु भएको हाेला ? कुलमानकाे बर्खास्तीले गर्दा राजीनामा बुझाउनु भएको हाे कि ? ४ बर्षे कार्यकालमा नमुना प्रस्तुत गरेर जादा बेस हुनेथियो कि ?
प्रचण्डको स्रोत क्रमशः सुक्दै गएको अवस्था । ८४ सम्म गार्हो छ । गभर्नर नियुक्तिका कारण सरकार ढल्छ र खाउँला भनेर प्रचण्ड मुख आँ गरेर बसेको अवस्था । ज्ञानेन्द्रसँगको सल्लाहमा नै १५ गते सन्त्रास खडा गर्न प्रचण्डहरूले कार्यक्रम राखेका थिए किनकी राजावादीले पेलेर ल्याए, अब गणतन्त्रवादी एक हुनुपर्छ , गोलमेच सम्मेलन गरेर संयुक्त सरकार बनाउनुपर्छ भनेर फेरि पनि अहिलेको गठबन्धन भाँडने र सत्तामा पुग्ने प्रचण्डको दाउ सबैलाई थाहा छ । ज्ञानेन्द्रजस्तो स्वाँठ त मान्छे नै मैले देखेको छैन । बेल्जियमको नागरिकलाई आन्दोलनको प्रमुख बनाउने, बैंक ठगलाई आन्दोलनको कमाण्डर बनाउने, लामो समयदेखि राजावादी देखिएकाहरूको मान मर्दन गर्ने राजा हुन्छ भन्ने मैले त १% पनि विश्वास गरेको छैन । १५ गतेपछि बैंक ठग अब सकियो । त्यसपछि अध्यक्षमा हराईदिएको भनेर राप्रपा छोडेर नयाँ पार्टी बनाएर अब यो देशमा राजा चाहिदैन भन्ने कमल थापा र राजा र हिन्दू राष्ट्र भनेर भजाएर खााईरहेको लिङ्देन फेरि ज्ञानेको विश्वासिलो भएर खान प्रतिस्पर्धामा देखिन्छन् । त्यसैले यी राजावादी सबै चरम स्वार्थी, एकले अर्कोलाई नगन्ने र ज्ञानेको चाकडी गरेर खाउँला भनेर हिडेका हुन् । त्यसैले राजतन्त्र अब यो देशमा कहिल्यै आउदैन । ढुक्क भए हुन्छ ।