सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष, सुनियोजित रुपमा हिंसा भड्काएको आरोप (भिडिओ) – Nepal Press

सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष, सुनियोजित रुपमा हिंसा भड्काएको आरोप (भिडिओ)

घरको छतबाट मञ्चमा टियरग्याँस हानिएपछि हिंसा भड्कियो, हाम्रा नेताहरु तोडफोड र आगजनीमा संलग्न छैनन्ः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए । शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ ।

‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो ।’

लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए । पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे ।

हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन राप्रपाले माग गरेको छ ।

लिङदेनले पत्रकारमाझ राखेको भनाइको सार

हिजो भएका घटनाहरुमा सरकारको संलग्नता र सरकार नै हिंसा भड्काउन उद्यत रहेको भन्ने राप्रपाको निष्कर्ष र ठहर रहेको छ । किनभने प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, बाघेझापु हान्न हौसला दिनुभयो । यसले नै उहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भन्ने प्रस्ट हुन्छ । शान्तिपूर्ण रुपमा सभा चलिरहेको मञ्चमा सुनियोजित रुपले निजी घरभित्र पहिल्यै सुरक्षाकर्मी पसेर टियर ग्याँस हानिएको छ । सरकार आन्दोलन विथोल्न र भड्काउन चाहन्थ्यो ।

पत्रकार सुरेश रजकलाई बचाउन सरकारी संयन्त्र नै उदासीन बन्यो । उहाँलाई बचाउन सकिने अवस्था थियो । कतिपय व्यावसायिक भवनमा सुरक्षा दिनसक्ने देखिँदा पनि दिइएन । प्रस्ट रुपमा थुप्रै फुटेजहरु सार्वजनिक भएका छन् । गोली चलाउनै नपर्ने ठाउँमा ताकिताकी गोली हानिएको छ । आफ्नो बचाउ गर्न गोली चलाउनुपर्ने सामान्य नियमभन्दा पर गएर ताकेर गोली हानी हत्या गरिएको छ । यो सबै घटनाक्रम हेर्दा सरकार आफैंले हिंसा र दमन गर्ने योजनाका साथ परिचालन भएको बुझिन्छ । सम्पूर्ण घटनाको जिम्मेवार सरकार हो ।

रवीन्द्र मिश्र र धवलशमशेर राणा पनि आगजनी र तोडफोडमा संलग्न हो भने कारबाही होस्, तर निष्पक्ष छानबिन हुनुपर्‍यो । उहाँहरु कतै पनि संलग्न हुनुहुन्न । संलग्न नभएको मान्छेलाई पक्राउ गरिएको छ । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार हो । ‘अघि बढ’ भनेकै आधारमा संलग्न भन्न मिल्दैन । उहाँहरुलाई पक्राउ गरेर ज्यादती गरिएको छ । हामी निन्दा गर्छौं ।

निषेधित क्षेत्र तोडौं भन्ने कुरा त सामान्य हो । विगतमा मैले पनि तोडेको छु । राज्यले छतछतबाट टियरग्याँस हानेपछि उत्पन्न परिस्थितिकै कारण पत्रकार साथीको ज्यान गएको हो । त्यसमाथि डेट एक्सपायर भएको अश्रुग्याँस किन प्रयोग गर्‍यो सरकारले ?


प्रतिक्रिया

4 thoughts on “सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष, सुनियोजित रुपमा हिंसा भड्काएको आरोप (भिडिओ)

  1. दुर्गेले निशेधित क्षेत्र तोडेपछि स्थिति भडकिएर सरकारले हानेको हो । यत्रो वर्ष राजनीति गरेर पनि अस्ति राजावादी भएको दुर्गेको भरिया भएछ यो पनि ।गएछ ।

    1. यो भ्रष्ट र अपराधी सरकारले शान्तिपूर्ण आन्दोलन बिथोल्न मंचमा अश्रुग्यास र गोलि हानेपछी यो अवस्था आएको हो!

  2. यो घटनामा राप्रपा पनि जिम्मेवार छ । राजा चाहिन्छ भन्दै सडकमा यो पार्टी पनि उत्रिएको छ । चोर र लुटेराहरूले अहिले सरकारलाइ दोष दिन अर्को बखेडा निकाल्ने योजनामा लागेकाछन् । अब लोकतान्त्रिक मान्यता बोकेर यिनिहरूसँग समय खेर फाल्नु हुँदैन । कडाइ गर्नु पर्छ । पञ्चहरूले के गरेका थिए हामी भोग्नेहरू साक्षी छाैँ ।

  3. आवस्येक्ता के आज अनि भोलिको ??
    ==========================
    १. देश बनाउनेहरु पसिना बगाउन लाग्छन, द्वन्द उद्योगीहरु अनेक बहनामा द्वन्द, टकराव र बिध्वंग्सको भाषा र त्येस्तै कर्ममा जुट्छन : राजा चाहियो भन्ने हुन् या बाहिरी रुपका अत्ति ‘क्रान्तिकारी’ तर भित्र अर्कै धुन भएका प्रचण्डहरु हुन् : कोहि भारतीय नेताको तस्बिर बोकेर जुलुस गर्छन कोही, भारतको नुनको सोझो गर्छन : भारतीयको कम्फ़र्टेबल सरकारको वकालत गर्छन !!!
    २. न्याय प्रेमी जनता : बिबेकशील बन : द्वन्दले उन्नतिको बाटो रोक्छ : द्वन्द उब्जाउने र त्येसमा रमाउनेहरुलाई चिन र छोडि देउ !!
    ३. देशलाई माया गर्ने, देशको उचाइ चाहने र आफ्नु उन्नति चाहनेहरु : लेगेशी जे सुकै होस्, परिवेस फेरियो, आवस्येक्ता फेरियो, कर्तब्य फेर्नु पर्यो : कर्म फेर्नु पर्यो : कुनै प्रकारको द्वन्द गर्ने र द्वन्द चाहनेलाई बहिस्कार गर्दै देश बनाउन एक जुट हुने अहिलेको आवस्येक्ता हो !!
    ४. जनमत दिनु पर्दाको बेला रास्ट्रलाई एकजुट बनाउने, राष्ट्रिय सक्ति बनाउने अभियानमा सामेल होउ : ८४ भन्छन नि : हो त्यो राष्ट्रिय सक्ति निर्माण गर्ने अभ्यानको लक्ष्य बनोस !!
    ५. आजको दिनमा, यो सानु जनसंख्या भएको मुलुकमा, कुनै यौटा पक्ष्यले अर्कोलाई निर्मुल गरेर एक्लै सर्बत्र छाउने सम्भावना छैन त्येशैले राजनीतिक पार्टीहरुले आफ्नु अर्को वा देशलाई केन्द्रमा राख्ने सक्निलाई मित्रवत सम्झेर संगै जाने र यो अभियान सफल पार्ने कुरामा बिबेकी बन्नु जरुरी छ !! द्वन्दको यो दोहोरी : कतै पुग्ने मुलबाटो हैन बरु घुमाइ फिराइ अवस्था उस्तै बनाइ रहने ‘पथरी’ हो : सचेत बन : चेतनशील बन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर