त्रिवि केन्द्रीय क्याम्पसमा १८ गते स्ववियु निर्वाचन हुने

२०८१ चैत १६ गते १९:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन १८ गते हुने भएको छ ।
त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो ।
सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो ।
यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन ।
प्रतिक्रिया
सम्बन्धित खवर