झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु – Nepal Press

झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु

रुपन्देही । प्यूठान र अर्घाखाँचीको सीमा क्षेत्रमा रहेको झिमरुक नदीमा पौडी खेल्नेक्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं १० धनचौरी देउराली नेटका १७ वर्षीय अशोक नेपाली र १९ वर्षीय दिलीप नेपालीको मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनीहरु सोही वडाको झिमरुक खोलामा शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरेका थिए ।

प्यूठानको सीमानासँग जोडिएको झिमरुक नदीमा अशोक र दिलीप पौडी खेल्न गहिरो ठाउँमा हाम फालेका थिए ।

बेहोस अवस्थामा रहेका उनीहरुलाई अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर