सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’ – Nepal Press

सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’

काठमाडौं । सामाजिक सञ्जालमा राजावादीको १५ गतेको आन्दोलनको पक्ष र विपक्षमा अभियान चलाइएको छ ।

१५ गते भएको उग्र राजावादी आन्दोलनमा दुई जनाको ज्यान र करोडौँको भौतिक सम्पत्ति नष्ट भएकोमा गणतन्त्रवादीहरूले एरेस्ट ज्ञानेन्द्र अर्थात् ज्ञानेन्द्रलाई पक्राउ गर भनेर आन्दोलन चर्काएका छन् ।

अर्को कित्तामा राजावादीहरूले एरेस्ट प्रचण्ड अभियान चलाएका छन्।

उनीहरूले प्रचण्डले ‘धेरैको हत्याको जिम्मेवार लिन्छु’ भनेको उदाहरण दिएर यस्तो अभियान चलाएका हुन । यी दुवै अभियान अहिले सामाजिक सञ्जाल खास गरी एक्समा भाइरल छन्।

एरेस्ट ज्ञानेन्द्र र एरेस्ट प्रचण्ड दुवै ह्यासट्याग प्रयोग गरेर अभियान चलाइएको छ ।


प्रतिक्रिया

2 thoughts on “सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर