रिटर्नी फेडेरेसन नेपालको नेतृत्व सर्वसम्मत रूपमा चयन – Nepal Press

रिटर्नी फेडेरेसन नेपालको नेतृत्व सर्वसम्मत रूपमा चयन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले विनोद भट्टराईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले भट्टराई नेतृत्वको नयाँ केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्षमा जितेन्द्र बानियाँ र अर्चना बस्नेत रोका निर्वाचित भएका छन् । यसै गरी महासचिवमा खेमबहादुर कार्की र उपमहासचिवमा नवराज श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवहरूमा ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास, सीता बस्याल चुनिनु भएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर