कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु  – Nepal Press

कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु 

विराटनगर । साना तथा मझौला उद्योगको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले ८ अर्बको परियोजनामा हस्ताक्षर गरेको छ ।

प्रदेशमा रहेका साना तथा मझौला उद्योग र उद्योगीलाई बिना धितो ऋण दिने गरी स्विस कन्ट्रक्ट अन्तरगतको उदय परियोजनामा हस्ताक्षर भएको हो ।

परियोजना सुरु भएपछि प्रदेशमा रहेका साना तथा मझौला उद्योगीहरूले बिना झन्झट सहुलियतमा ऋण पाउने कोशी प्रदेश सरकार अर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताए ।

साना तथा मझौला उद्योगहरूमा लगानी बैकहरूले नै गर्ने मन्त्री रानाले बताए । बैकहरूसँग सरकारले समन्वय गरिदिने र व्यवसाय डुबेर ऋण नतिरे सरकार नै ग्योरेन्टी बस्ने गरिएको परियोजना सुरु भएको मन्त्री रानाले बताए ।

बैकहरूलाई ग्यारेन्टी र व्यवसायका सुरक्षाका लागि  सहयोगी कोष र जोखिम कोषको व्यवस्था गरिएको छ । परियोजनाले बैक र उद्योगी दुवैलाई फाइदा हुने मन्त्री रानाले बताए ।

उनले भने, ‘आवश्यकता अनुसार उद्योगीहरूले ऋण पाउने भए , इन्केस व्यवसाय डुबे पनि बैकहरूले रकम पाउने भए ।’

उनले यसका लागि ६० करोड र २९ करोडको कोष बनाएको बताए । उनले यस परियोजनामा नयाँ र पुराना दुवै उद्योगीहरू सहभागी हुन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर