दुई सयमै किन्न पाइन्छ एक दर्जन वाणिज्य बैंकको शेयर (सूचीसहित)


काठमाडौं । एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरुको शेयरमूल्य दुई सय रुपैयाँ हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकको शेयरमूल्य दुई सय रुपैयाँ रहेको छ ।
कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आइएमई बैंक, सिटिजन्स, माछापुच्छ्रे, सिद्धार्थ, एनएमबी, कृषि विकास र नेपाल बैंकको शेयरमूल्य २ सय रुपैयाँमा सर्वसाधारण लगानीकर्ताहरूले खरिद गर्न सक्छन् ।
त्यस्तै, नेप्सेमा वाणिज्य बैंकहरुको छुट्टाछुट्टै कारोबार हुन्छ । तीन बैंकबाहेक अन्य वाणिज्य बैंकहरुको संस्थापक र सर्वसाधारण समूह भनेर नेप्समा छुट्टाछुट्टै कारोबार हुँदै आएको छ । वाणिज्य बैंकहरुको सर्वसाधारण र संस्थापक शेयरमूल्यबीचको खाडल उच्च देखिन्छ ।
नेपाल एसबीआई बैंकबाहेक अन्य सबैजसो बैंकहरुको शेयरमूल्य संस्थापकको भन्दा सर्वसाधारणको बढी रहेको छ । नेपाल एसबीआई बैंकको भने प्रतिकित्ता ४१४ रुपैयाँ सर्वसाधारणको मूल्य हुँदा संस्थापकको भने १४२० रुपैयाँ रहेको छ । यो मूल्य आइतबार बजार खुल्नु अगाडीको हो ।
हेर्रौँ, कुन बैंकको शेयरमूल्य कतिमा पाइन्छ ?