राजावादी आन्दोलनमा पक्राउ परेका नेता-कार्यकर्ताको म्याद थपबारे प्रहरी अनिर्णीत – Nepal Press

राजावादी आन्दोलनमा पक्राउ परेका नेता-कार्यकर्ताको म्याद थपबारे प्रहरी अनिर्णीत

काठमाडौं । राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका नेताहरूको म्याद थप्ने, नथप्नेबारे प्रहरी अनिर्णीत बनेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले अहिल्यै म्याद थप्न लैजाने तयारी नरहेको बताए । ‘हामी अझै निष्कर्षमा पुगेका छैनौं, उनले भने, ‘सबै कुरा हेरेर दिनभरिमा केही न केही होला ।’

शुक्रवार काठमाडौंको कोटेश्वर-तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई उत्तेजक बनाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र कानुन व्यवसायी भद्रप्रसाद (स्वगत) नेपालसहित १११ जना पक्राउ परेका छन् ।

यस्तै राप्रपाले आफ्ना नेतासहित पक्राउ परेकाहरुलाई छाड्न २४ घण्टाको अल्टिमेटम दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर