सभामुखले गरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल, सदनको अवरोध खुलाउने प्रयास – Nepal Press

सभामुखले गरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल, सदनको अवरोध खुलाउने प्रयास

काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

संसद भवन बानेश्वरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

प्रधानमन्त्रीले भोलि चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर