विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत – Nepal Press

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

काठमाडौं । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो ।

यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया

One thought on “विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

  1. arko loot …kati nepali Janta ma rin Matrai …yehi ho ganatantra ….?bullshit ganatantra …what is वित्तीय सहयोग…what type of सहयोग…Debt trap ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर