अमेरिकामा ‘एक्टिभिजम’ गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको एच-१ भिजा रद्द, आफै देश छोड्न आदेश – Nepal Press

अमेरिकामा ‘एक्टिभिजम’ गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको एच-१ भिजा रद्द, आफै देश छोड्न आदेश

काठमाडौं । विद्यार्थी आन्दोलन र अरू मुद्दामा सामाजिक सञ्जालबाट एक्टिभिजम गर्ने अन्तर्राष्ट्रिय  विद्यार्थीहरुलाई अमेरिकाले धपाउने भएको छ ।

उनीहरूको एच-१ भिजा रद्द गरेर अमेरिकाले विद्यार्थीलाई इमेल पठाएर आफै देश छोड्न भनेको छ ।

अमेरिका विरोधी पोस्ट लाइक, कमेन्ट र सेयर गर्ने तथा क्याम्पस हातामा आन्दोलन गर्नेहरूको भिजा रद्द भएको जानकारी दिइएको बताइएको छ ।

भारतीय च्यानल एनडीटीभीका अनुसार यो तातीमा सयौँ भारतीय विद्यार्थी छन् । कति नेपालीहरू छन् भन्नेमा कुनै गणित सार्वजनिक भएको छैन ।

यसरी धपाइएकाहरूले भविष्य मा प्रक्रिया पुरा गरेर फेरि भिजा लिन सक्ने बताइएको छ ।

हालसालै अमेरिकी विदेशमन्त्रीले भिजाको कडाइ बारेमा कडा प्रतिक्रिया दिँदै भनेका थिए- ‘अमेरिकी भिजा जन्मसिद्ध अधिकार होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर