हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

२०८१ चैत १७ गते १२:०७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ ।
आज दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो ।
शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् । शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै दायर गरेको रिट पनि विचाराधीन छ ।
प्रतिक्रिया
सम्बन्धित खवर