विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेट स्थगित, संसद भवन प्रवेशमा कडाइ – Nepal Press

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेट स्थगित, संसद भवन प्रवेशमा कडाइ

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएन ।

बैठक सुरू हुनासाथ सत्ता र प्रतिपक्षी दुवैतर्फका सांसदहरू उठेका थिए । संसद सुचारु गर्न सभामुख देवराज घिमिरेले पटकपटक आग्रह गरे । उनले शुक्रबार भएको घटनाको छलफल गर्न पनि सदन सुचारु गर्नुपर्ने र प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनेसमेत तय भइसकेको जानकारी गराएका थिए । तर, विपक्षी सांसदले मानेनन् ।

सोक्रममा प्रतिपक्षी र सत्तापक्ष सांसदबीच चर्काचर्की भयो । त्यस्तै सत्तापक्ष सांसदहरूले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए । दुईपक्षबीच असहज अवस्था सिर्जना हुने देखिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा प्रवेशमा समेत कडाइ गरिएको छ । पत्रकारको समेत नाम टिपेरमात्र मिडिया कक्षमा प्रवेश दिइएको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले बताएका छन् ।

पूर्वअध्यक्ष नारायण काफ्लेका अनुसार संसद भवनको मूल गेटदेखि ग्यालरीसम्म तीनपुस्ते भर्ने व्यवस्था फेरि प्रचलनमा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर