राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध – Nepal Press

राजावादीको आन्दोलनमा आगजनी, तोडफोड लुटपाटमा संलग्नहरूको सूचना दिन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले राजसंस्था पुन:स्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा सलंग्न व्यक्तिहरूबारे सूचना दिन दिन आग्रह गरेको छ ।

शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजी तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका प्रमाण उपलब्ध गराइदिन सर्वसाधरणलाई प्रहरीले आग्रह गरेको हो ।

प्रहरी मुख्यालयले एक सार्वजनिक सूचना जारी गरी अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधरणसँग भएका तथ्यपरक सूचना (फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिन भनेको छ ।

सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने समेत बताइएको छ । सूचना पठाउनकाे लागि प्रहरीले इमेल आइडी सार्वजनिक गरेकाे छ ।

शुक्रबार राजावादी कार्यकर्ताहरुले सार्वजनिक, व्यक्तिगत सम्पतिमाथि तोडफोड गरेको थियो । साथै केही घरपसलहरूमा समेत लुटपाट भएको थियो । प्रहरीले घटनामा संलग्नहरुलाई कारबाही गर्न खोजी गरिरहेको छ । त्यो दिन दुईजनाको मृत्यु भएको छ । कैयौं सुरक्षाकर्मी र प्रदर्शनकारी गरी कैयौं घाइते छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर