रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी – Nepal Press

रवीन्द्र-धवललगायतलाई ३ बजेपछि सरकारी वकिलकहाँ लगिने, पक्राउ परेकाको कसुर केलाउँदै प्रहरी

काठमाडौं । राजावादी प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका थुनुवालाई अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने भएको छ ।

उनीसहित पक्राउ परेका १११ थुनुवामध्ये कसलाई कुन मुद्दामा पेश गर्ने भन्ने कुराको निर्क्यौल भइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार धेरैजनामाथि मुद्दा चलाउनुपर्ने कारण लेखापढी गरेर कागजात तयार पार्न समय चाहिने भएकोले ढिलो भएको हो ।

पक्राउ परेकामध्ये कतिपय थुनुवालाई छाड्ने-नछाड्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले बताए ।

शुक्रबार रातिदेखि परिसरको हिरासतमा राखिएका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री धवलसमशेर राणा, कानुन व्यवसायी भद्रप्रसाद (स्वागत) नेपालसहितलाई म्याद थपका निम्ति सरकारी वकिलको कार्यालयमा पेश गर्न लागिएको प्रवक्ता बोहराले बताए ।

‘हाम्रो तर्फबाट उहाँहरूलाई अहिले छाड्ने कुरा छैन, अभियोग खुलाएर सरकारी वकिलको कार्यालयमा पेश गर्छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर