चोरेर अमेरिका पुर्‍याइएका २१ वटा मूर्ति फर्काइयो (भिडिओ) – Nepal Press

चोरेर अमेरिका पुर्‍याइएका २१ वटा मूर्ति फर्काइयो (भिडिओ)

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् ।

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्वका मूर्तिहरु नेपाल फर्काएर पाटन संग्रहालय र राष्ट्रिय संग्रहालयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले नेपालका संसारको कुनै पनि स्थानमा पुराइएपनि फर्काइने बताएका हुन् ।  उनले विगतमा नेपालका महत्वपूर्ण पुरातात्विक मुर्तिहरु कसरी विदेश पुगे भन्ने मुख्य प्रश्न भएको जिकिर गरे ।

मन्त्री पाण्डेले नेपालका मुर्तिहरु चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने काम भएको बताए । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मुर्तिहरु प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे ।

पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मुर्तिहरु नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ ।

अमेरिका फान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रिलियाजस्ता देशहरुबाट थप अरु मुर्तिहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको बताएको बिभागले जनाएाके छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर