निजी तथा सार्वजनिक सम्पत्ति ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति – Nepal Press

निजी तथा सार्वजनिक सम्पत्ति ताडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरद्वारा आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले आपत्ति जनाएको हो ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार सहित दुई युवाको दुःखद निधन भएको छ । सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा संचारगृहमा समेत क्षति पुगेको छ, । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ ।’

मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए/गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर