राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शुक्रबारको घटनामा पूणरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् ।

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यहीअनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।

उनले मुलुकमा भएका घटनाका विषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राखे । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

2 thoughts on “राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

  1. Ani deubaa ra prachanda milera hajjarau nepali ko hatyaa bhayo , tesko jimmewari chahi timile line ho?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर