चितवनमा महिला गाडी चालकको प्रतियोगितात्मक मोटर र्‍याली हुँदै – Nepal Press

चितवनमा महिला गाडी चालकको प्रतियोगितात्मक मोटर र्‍याली हुँदै

चितवन । चितवनमा महिला गाडी चालकको प्रतियोगितात्मक मोटर र्‍याली हुने भएको छ । बागमती प्रदेश अटोमोबाइल्स संघको आयोजनामा देशभरका साना तथा हलुका सवारी चालक महिलाहरुको प्रतियोगितात्मक मोटर र्‍याली हुन लागेको हो ।

यहि चैत २५ गते चितवनको भरतपुर मेघौली गोलाघाट जगतपुर पटिहानी हुँदै सौराहा पुगेर मोटर र्‍याली सम्पन्न हुने संघका अध्यक्ष राजन पियाले जानकारी दिए । उनका अनुसार देशभरका ३० जना महिला चालक र ३० जना नेभिगेटर प्रतियोगितामा सहभागी हुनेछन् ।

चितवनको पर्यटकीय क्षेत्रको प्रचार गर्नको लागि आयोजित उक्त मोटर र्‍यालीमा पहिलो चरणमा समय, दुरी र गतिमा आधारित प्रतिष्पर्धा र दोस्रो चरणमा भने मोटर रेसिङको सर्ट सर्किट विधामा प्रतिप्रर्धा हुने अध्यक्ष पियाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनेले एक हजार रुपियाँ शुल्क बुझाएर फारम भर्नुपर्ने र उनीहरु नासा नेपालको स्पोर्टस् लाइसेन्स प्राप्त व्यक्ति हुनुपर्ने पनि जनाइएको छ ।

चितवनमा कोभीड महामारीयता प्रतिवर्ष ४ सयदेखि ४ सय ५० वटाको हाराहारीमा गाडी बिक्री हुने गरेको भएपनि हालसम्म आफ्नै स्वामित्वमा गाडी खरिद गर्ने महिलाको संख्या भने एक सय जनाको हाराहारीमा मात्रै रहेको नेपाल अटो मेकानिकल व्यवसायी महासंघकाअध्यक्ष गोपाल भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर