नेपाल प्रेसकर्मी केशव भुलसहित प्रेस सेन्टरमा १७ जना पदाधिकारी निर्विरोध (सूची)


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टरको एक उपाध्यक्षसहित १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार एक एक जनाको मात्र उम्मेदवारी परेका पदमा निर्विरोध भएको हो ।
नेपाल प्रेसका वरिष्ठ संवाददाता केशव भुल प्रतिष्ठान प्रदेशतर्फबाट सचिवमा निर्विरोध भएका छन् । संगठनमा ५ जना उपाध्यक्ष निर्विरोध हुनेमा खुलामा रामसिंह ठगुन्ना लक्ष्मण खड्का र विवेक गौतम, महिलामा शान्ता अधिकारी र समावेशीमा दिपक श्रेष्ठ रहेका छन् । यस्तै उपमहासचिव महिलामा लक्ष्मी आचार्य, दलितमा हरिश बिक, मधेशीमा अनिल मिश्र, आदिवासी जनजातीमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश एकबाट दिपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मिनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक र सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् भने भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भिम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका छन् ।
दोहोरो उम्मेदवारी परेको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष एवम महासचिव सहित विभिन्न पदाधिकारीका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक गोविन्द आचार्यले जानकारी दिए ।