जरिवाना तिर्न राजावादीले एक दिनमा उठाए साढे ४ लाख, पूर्व राजाको नाम हटाउन बालेनलाई आग्रह – Nepal Press

जरिवाना तिर्न राजावादीले एक दिनमा उठाए साढे ४ लाख, पूर्व राजाको नाम हटाउन बालेनलाई आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको तोडफोड र फोहोरको जरिवाना तिराउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र काटेपछि राजा समर्थकले स्वतस्फुर्त चन्दा संकलन थालेका छन् ।

राजावादी अभियन्ता ज्ञान प्रसाद पाण्डेका अनुसार स्वतन्त्र नागरिकहरुबाट शनिवार साँझबाट थालिएको २० घण्टाको अवधिमा ४ लाख ५० हजार रुपैया उठेको छ ।

पोर्चुगलको पर्यटन दूतबाट हालै सरकारले निष्कासन गरेका रमेशराज बास्तोलाको आह्वानमा भएको सहयोग संकलन अभियानले अंगतप्रसाद देवकोटाको क्युआर कोड सार्वजनिक गरेर रकम संकलन गरेको छ ।

उनीहरुले ७ लाख ९३ हजार रुपैया महानगरलाई जरिवाना तिर्ने भन्दै पूर्व राजाको नाम हटाउन बालेन शाहलाई आग्रह गरेका छन् । नागरिक आन्दोलनका नाममा जरिवानाको पत्र काट्न आग्रह गरिएको बास्तोलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर