रवीन्द्र मिश्रलाई हतकडी लगाएर म्याद थप्न लगियो, धवल शमसेर बेग्लै गाडीमा (भिडिओ)


काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवलशम्सेर जबरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारीलगायतलाई हतकडी लगाइएको छ ।
धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । उनीहरुलाई त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ । मिश्र र राणासहित ४१ जनामाथि १० दिन म्याद थप्न प्रहरीले मागेको छ । उनीहरुविरुद्ध राजद्रोहको मुद्दा लगाइने भएको छ ।
बिबिसिमा जागिर खाएर अघाएर कहिले के कहिले के भन्दै राजावादी भनेर मन्त्री खाउँला भनेर हिडेको । यसलाई अरूलाईजस्तै १४ वर्ष जेल हाल । अनि चेत्छ राजनीति के हो भनेर ।