कांग्रेसका दिवंगत नेता रामदेव महतोको परिवारलाई दुई लाख सहयोग


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका- १ का नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई नेताहरुले आर्थिक सहयोग गरेका छन् ।
स्वर्गीय महतोको १३औं पुण्य तिथिमा कांग्रेस नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले स्वर्गीय महतोको परिवारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
स्वर्गीय महतो पार्टीका लागि ठूलो योगदान गरेको र उनको परिवारको अवस्था कमजोर रहेकाले पार्टीकै साथीहरु मिलेर आर्थिक सहयोग गरेको सहमहामन्त्री यादवले जानकारी दिए ।
महतोप्रति श्रद्धाञ्जली दिन कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, धनुषा सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोलगायतका नेताहरुसमेत पुगेका थिए ।