रवीन्द्र मिश्र र धवलशम्शेरसहित ११ जनालाई राजद्रोहसमेतको मुद्दा लगाइँदै

२०८१ चैत १७ गते १७:४७

काठमाडौं । राजसंस्था पुन:स्थापनाको पक्षमा भएको आन्दोलनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई राजद्रोहको मुद्दा लगाइने भएको छ ।
उनीहरुसहित ११ जनालाई राजद्रोहको मुद्दाका लागि म्याद थप गर्न लगिएको हो ।
काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले ११ जनालाई राजद्रोहको र थप ३१ जनालाई आपराधिक उपद्रवको कसुर लगाउन आँटिएको बताए ।
राजद्रोहको मुद्दा लागेकालाई आपराधिक उपद्रवको मुद्दा पनि हालिने उनको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर