सशस्त्र प्रहरीको बन्दुक खोस्ने गोपाल मल्ल भिमसेन गोलामा भेटिए तर भेटिएन ग्यास गन

२०८१ चैत १७ गते १७:४९

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रवार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ ।
बन्दुक खोस्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय गोपाल मल्ल हुन् । हाल काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेर गौशालामा बुझाएको थियो ।
उनी सशस्त्र प्रहरीको ग्यास गन खोस्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गर्न लगिएको छ ।
प्रतिक्रिया
2 thoughts on “सशस्त्र प्रहरीको बन्दुक खोस्ने गोपाल मल्ल भिमसेन गोलामा भेटिए तर भेटिएन ग्यास गन”
Leave a Reply
सम्बन्धित खवर
राज्य दमन बिरूद्द बिद्रोह गर्ने अधिकार जनतालाइ छ । राज्यले हतियारले दमन गर्छ, जनता त्यो हतियार खोस्छन्।
हो नि हजुर!