मिश्र र राणालाई रिहा नगरिएपछि राप्रपाले आज देशभर मसाल जुलुस निकाल्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बेलुकी देशभर मसाल जुलुस निकाल्ने भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।
यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले सर्वसत्तावादी चरित्र देखाउँदै मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पक्राउ परेका नेता तथा राष्ट्रवादी योद्धाहरुको अबिलम्ब रिहाइको माग गर्दै अहिले साँझ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा र देशभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र प्रदर्शन गर्ने जानकारी दिए ।