गणतन्त्र पक्षधर दलहरुको बैठकमा रास्वपालाई पनि उपेक्षा – Nepal Press

गणतन्त्र पक्षधर दलहरुको बैठकमा रास्वपालाई पनि उपेक्षा

हामीलाई बैठकको खबर आएको छैनः प्रमुख सचेतक सन्तोष परियार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आह्वान गरेको सर्वदलीय बैठकमा संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि उपेक्षा गरिएको छ । आफूहरुलाई बैठकको खबर नआएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

आज प्रधानमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा गणतन्त्र पक्षधर दलहरुको बैठक भनिएको थियो । रास्वपा घोषितरुपमा गणतन्त्रवादी दल नै हो । संसदमा राजसंस्था पक्षधर दल राप्रपा मात्रै छ ।

बैठक अहिले ७ बजे सिंहदरबारमा बस्दैछ । वैठकमा संसदको चौंथो र पाचौं ठूला शक्ती छुट्ने भएका छन् । राप्रपालाई यसअघि प्रतिपक्षी गठवन्धनको बैठकमा पनि सामेल गरिएको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर