रवीन्द्र र धवल रिहा नगरिएपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस (तस्बिर) – Nepal Press

रवीन्द्र र धवल रिहा नगरिएपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस (तस्बिर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।

यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

राप्रपाले साँझ काठमाडौं उपत्यकाका चावहिललगायत स्थानमा र देशभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र प्रदर्शन गरेको छ ।


प्रतिक्रिया

4 thoughts on “रवीन्द्र र धवल रिहा नगरिएपछि राप्रपाले देशभर निकाल्यो मसाल जुलुस (तस्बिर)

  1. ज्ञानेन्द्रको जुत्ताको तुना बाँधिदिन जाओ । दासहरू ।

    1. प्रेम आचार्यहरुलाई जीउँदै जल्नुपर्ने गाडतन्त्रका हिमायतीहरुले नै तिमिहरुका भ्रष्ट र अपराधी नेताका जुत्ता पुछेर बस!

  2. त्यहि राँकोले निर्मल निवास जलाओ,राजाको प्रेत जागेर आउँँछ,रैतिहरु।

  3. तानाशाही मार्क्सबादी-समाजबादी सरकार ले दमन बढाउदै छ । आयातित सिदान्तको भारी जनतामाथी थोपर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर