गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा (तस्बिर)


काठमाडौं । गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकले पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।
त्यसैगरी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायतको उपस्थिति छ ।