रहेनन् कमल काेइराला – Nepal Press

रहेनन् कमल काेइराला

काठमाडाैं । लेखक तथा कूटनीतिज्ञ कमल काेइरालाकाे निधन भएकाे छ । केही बेरअघि सिनामंगलस्थित केएमसी अस्पतालमा उनकाे मृत्यू भएकाे पत्रकार किशाेर श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि पक्षघात भएर काेइरालालाई अस्पताल भर्ना गरिएकाे थियाे । वरिष्ठ पत्रकार तथा अगुवा राजनीतिक व्यक्तित्व कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनअघि घरमै लडेर अचेत भएका कोइरालालाई तत्कालै उपचारका निम्ति अस्पताल लगिएको थियोे । उपचारकै क्रममा आज राति ९ बजे निधन भएको उनकी छोरी ॠचा कोइरालाले नेपाल प्रेसलाई बताइन् ।

उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एकमात्र कम्युनिष्ट थिए । पार्टी कामसँगै उनी पत्रकारितामा सक्रिय थिए । उनले २०४७ पछि एमालेनिकटको दृष्टि साप्ताहिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय साघु साप्ताहिकसहितका अखबारमा स्तम्भकारका रुपमा सक्रिय लेखनमा संलग्न थिए ।
उनी २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लको क्षेत्र नम्बर ६ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य थिए ।

उनले कोरियाका लागि नेपाली राजदूतका रुपमा ३ वर्षे कार्यकाल सम्हालेका थिए ।


प्रतिक्रिया

One thought on “रहेनन् कमल काेइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर