ओली-माधव मिलन : शोकाकुल आँगनमा शक्तिको सन्देश, प्रकाश ज्वालाहरू किन भन्दैछन् ‘आइसब्रेक’ ?

पार्टी जीवनमा लेखकीय भूमिकाका साथ योगदान दिएका कमल कोइरालाको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मीनभवन, आलोकनगरस्थित नेकपा एसको कार्यालयमा पुगे ।
त्यसबेला एसका नेता, कार्यकर्ता शोकमा मुर्झाएका थिए । जब ओली पुगे, त्सपछि अलग्गै तरंग मच्चियो । उनीहरुले शोक बिर्सिए, शक्ति सम्झिए ।
उपाध्यक्ष प्रकाश ज्वालाले फेसबुकबाट ‘आइसब्रेक !’ भने । स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले ओली त्यहाँ पुग्नुभन्दा एक घण्टाअघि नै उनी आउने सूचना पोष्ट गरिन् । त्यसको केही घण्टापछि ओलीको फोटो राखेर अर्को स्टाटस लेखिन् ।
पंक्तिकारसहित प्रेस चौतारीको टोली ओलीभन्दा पहिल्यै पुगेको थियो । प्रायःले भन्दै थिए, ‘केपी बा आउँदै हुनुहुन्छ नि !’
ओली गए, श्रद्धाञ्जली अर्पण गरे, केही बेर माधव नेपाल, झलनाथ खनालहरूसँग गफिएर फर्किए । यो जम्माजम्मी आधा घण्टाको कुरा थियो ।
सानो पार्टी चलाएर, अलग्गै बस्दा ठूलै भाग आइहाल्छ कि भन्ने आशा शायद अब माधव नेपालहरूले मारिसके । कहिले कांग्रेस, कहिले माओवादीले दिएको दिएको थापेर खानुपर्ने । माग्दासम्म त दिए, अनि तिनैले समय समयमा लात पनि मारिरहे ।
त्यसपछि सामाजिक सञ्जालमा उत्साह र उमंगका वाणीको वर्षा भयो । एसको पार्टी अफिसमा पुग-नपुग आधा घण्टा ओली उभिँदा उक्त पार्टीका थुप्रैले त्यो हार्दिकता, सदासयता र सद्भाव कायम रहेको देख्न चाहँदै आफूलाई अभिव्यक्त गरे ।
यो घटनाले राजनीतिकवृत्तमा मूलतः दुई किसिमका सन्देश प्रवाह भएका छन् । बलियो एमाले देख्न चाहनेका लागि प्रकाश ज्वालाले भनेजस्तो ‘आइसब्रेक’ थियो । समापन भइसकेको राजसंस्थाले टाउको उठाउन खोज्दा गणतन्त्र पक्षधर कसरी मिल्छन् भन्ने अर्को सन्देश थियो ।
रामकुमारी झाँक्रीहरू आजदेखि हैन, आजभन्दा ८ महिना अगाडिबाटै पार्टी मिल्नुपर्छ भन्नेमा थिए, छन् । नेता मिल्दैनन् भने पनि आफैं-आफैं एमालेमा फर्किंदा हुन्छ भन्ने तदारुकता अरु थुप्रैमा उत्पन्न भएकै हो ।
हिजोका एमालेहरू, जो माधव नेपालहरूले पार्टी फुटाउँदा साथमा थिए, आज उक्त संख्यामा भारी मात्रामा कमी आइसकेको छ । मान्छेहरू पालैपालो फर्किरहेका छन् । कारण हो, जता भए पनि उस्तै-उस्तै हो । उस्तैका हुनका लागि किन फुटेर बस्नु, मूलठाउँमै लडेर बसौं भन्दै फर्किनेहरु फर्किएका हुन् ।
त्यसरी फर्किंदा एमालेले भूमिका र जिम्मेवारी दिँदैन भन्नेहरू अहिले पनि नेकपा एसमै टोलाइरहेका छन् । यद्यपि गएकाले भूमिका र जिम्मेवारी पाएका छन् । त्यसको भुक्तभोगी स्वयं पंक्तिकारसहितको समूह छ ।
माधव नेपालहरूले गर्नुपर्ने चिन्ता के हो भने, भोलि औपचारिक तबरले एमालेसँग एकता गर्ने दिनसम्म पुग्दा आज उनको पार्टीमा जति मानिस छन्, त्यति होलान् कि नहोलान् ? जसरी उनको पार्टीका मान्छेहरू लुसुलुसु एमालेमा फर्किएरहेका छन्, यही गति हो भने माधव नेपाल फर्किएका दिन उनीसँग आफ्नै ‘कोटरी’ मात्रै बच्ने स्थिति छ । ‘कोटरी’ का कतिपयले उनलाई किस्ता किस्तामा ‘धोका’ दिइरहेकै छन् ।
किनभने, माधव नेपालको पार्टी स्वयं उनको मुठ्ठीमा छैन । उनी पीए र पादरीको चंगुलबाट यसरी घेरिएका छन् कि, थुप्रै काम र कुरा उनको जानकारीविना नै भइरहेका छन् । हामीले हुँदाखाँदाको पद र संगठन माया मारेर उनलाई छाड्नुपर्ने कुरा पनि स्वयं उनीसँग हैन, उनका पिए र पदारीसँग सम्बन्धित छन् । तिनका घीनलाग्दा हर्कतमा हाम्रो वहिगर्मन आधारित थियो । तीनले माधव नेपाललाई ‘राजनीतिक बजारमा’ यति धेरै बिक्री गरिसके कि, जसका कारण आज स्वयं माधव नेपाल त्यो बजारमा ‘मुद्रास्फिति’ व्यहोर्दैछन् । अर्थात्, उनको मूल्यमा भारी गिरावट आइसक्यो । मुनाफा माधवको हातमा पुग्दैन, घाटाजति सबै उनले एक्लै व्यहोरिरहेका छन् ।
अनि त्यस्ताले नेतृत्व गरेको पार्टीमा बस्ने नेता-कार्यकर्ता कुन भविष्य सम्झिएर बस्लान् ? केपी ओलीलाई व्यक्तिवादी, अहंकारी भन्नुपर्ने, तर त्यो भन्दा डरलाग्दो व्यक्तिवाद र अहंकार माधव नेपालमा भेटिएपछि हामी विरक्तिएका थियौं । त्यो हविगत व्यहोरेर पनि कतिपय मानिस अझै त्यहीँ छन् । उनीहरू भन्छन्, ‘उस्तै उस्तै त हो नि !’
तर, वास्तविकता त्यस्तो होइन रहेछ ।
केपी ओली कस्ता ?
विभाजनपूर्व पंक्तिकार एमालेभित्र ओलीपक्षीय थियो । त्यही स्थितिमा माधवलाई साथ दिन पुगेको । एमालेमा फर्किएपछि अनुमानभन्दा विपरीतका केही अनुभव छन् ।
फर्किएको घोषणा गरेकै साँझ एउटा ‘प्राइभेट नम्बर’ बाट फोन आयो । भनियो, ‘मैले सुनेँ, न्यूजमा हेरेँ, खुशी लाग्यो ।’ अन्तिममा मात्रै परिचय प्राप्त भयो, ‘म केपी ओली ।’
पार्टीमा फर्किएको भोलिपल्टैबाट देशभरिका साथीसँग भेट्नुपर्ने र ती साथीलाई आफूजसरी नै फर्काउनुपर्ने कार्यभार थियो । फर्किनेहरूको संख्या दिनदिनै थपिएका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग अन्तिममा एकैचोटि फोटो खिचौँ भन्ने कुरा भयो । तर, फर्किनेहरू सबै काठमाडौंमा थिएनन् । सचिवालयबाट मित्र रामशरण बजगाईं, किरण पौडेलहरूले दुई-चारपटक भेट्ने समयका लागि सम्पर्क गर्नुभयो । तर, काठमाडौंबाहिर हुँदा सम्भव भएन । अर्को एक दिन खबर आयो, ‘भेट्ने समय मिलेन भने पनि पार्टी अध्यक्षसँग गर्नुपर्ने तपाईंहरूको कुरा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसँग गरे हुन्छ, अध्यक्ष अपडेट नै हुनुहुन्छ’
यो घटनाले राजनीतिकवृत्तमा मूलतः दुई किसिमका सन्देश प्रवाह भएका छन् । बलियो एमाले देख्न चाहनेका लागि प्रकाश ज्वालाले भनेजस्तो ‘आइसब्रेक’ थियो । समापन भइसकेको राजसंस्थाले टाउको उठाउन खोज्दा गणतन्त्र पक्षधर कसरी मिल्छन् भन्ने अर्को सन्देश थियो ।
प्रेस चौतारीको महाधिवेशन सकेर काठमाडौं फर्किनासाथ बालुवाटारबाट राति ९ बजे भेट्ने समयबारे सूचना प्राप्त भयो । त्यो भेट निर्वाचित पदाधिकारी र पदाधिकारीबाहेकका अरु तीन जनाका निम्ति थियो ।
पुग्नेबित्तिकै सबैले ‘नमस्ते’, ‘अभिवादन’ गर्दै आ-आफ्नो ठाउँमा बसे । पंक्तिकार पछाडि, अलिक कुनामा भएकोले अध्यक्षको आँखा परेन । निवर्तमान अध्यक्ष गणेश बस्नेतले ‘विश्वमणि अलिक अगाडि आउनु’ भन्दा बल्ल अध्यक्षलाई म पनि पुगेको थाहा भयो । नाम सुन्नासाथ गणेश बस्नेततिर हेरेर अध्यक्षको प्रश्न थियो, ‘विश्वमणिलाई पार्टीको के-के जिम्मेवारी भनेको, के भयो त ?’ गणेशको जवाफ थियो, ‘संगठनमा नेता घोषणा गरियो, पार्टीको कुरा पनि हुँदैछ ।’
फर्किने बेलामा फेरि सुटुक्क सोधनी भयो, ‘अरु सबै ठीक छ नि ?’ ठीक भएको जनाऊमा मुन्टो हल्लाएपछि निर्देशनप्राप्त भयो, ‘महासचिवसित सबै कुरा गर्नुहोला ।’
यसरी ३ वर्षसम्म केपी ओलीलाई जे-जे भनेर एमालेसमेत खराब भएको भाष्य निर्माण गर्ने प्रयत्न गरियो, फर्किएपछिको तीन महिनामै ती सबै कुरा ठीक उल्टो ढंगले खण्डित भएन । हामी गलत भाष्य बोकेर आन्दोलनलाई क्षति पुर्याउन हिँडेका रहेछौं ।
एकता कि फिर्ता
हिजोका एमाले वा प्रेस चौतारीमा काम गरेका मान्छे फेरि पुरानै ठाउँमा फर्किने कुरालाई ‘पार्टी प्रवेश’ वा ‘एकता’ जस्ता नामले उच्चरण गर्ने कुरामा त्यति रुचि देखिएन । अर्थात्, हामी फर्किएका हौं, प्रवेश गरेका हैनौं । प्रवेश त कुनै नयाँ ठाउँमा जाँदा हुने कुरा हो । हामी आफ्नै ठाउँबाट केही समयको अलमलपछि फिर्ता भएका थियौं ।
सन्देश र चेतावनी
एउटा शोकसन्तप्त आँगनको त्यो दृश्य, जसले अनगिन्ती सन्देश र चेतावनी दिएको छ । सन्देश हो, मिल्नुपर्छ भन्ने । चेतावनी हो, बेलैमा नमिले बैरीले बिगार्छन् ।
सानो पार्टी चलाएर, अलग्गै बस्दा ठूलै भाग आइहाल्छ कि भन्ने आशा शायद अब माधव नेपालहरूले मारिसके । किनभने, कहिले कांग्रेसले दिएको थापेर खानुपर्ने, कहिले माओवादीले दिएको । आफैँसँग केही पाउने सामर्थ्य नभएपछि अर्काको मुख ताक्नुपर्ने राजनीति पनि के राजनीति ? माग्दासम्म कांग्रेस र माओवादीले दिए, अनि तिनैले समय समयमा लात पनि मारिरहे । आखिर मगन्ते भएपछि लात पनि सहनै पर्यो ।
यसरी ३ वर्षसम्म केपी ओलीलाई जे-जे भनेर एमालेसमेत खराब भएको भाष्य निर्माण गर्ने प्रयत्न गरियो, फर्किएपछिको तीन महिनामै ती सबै कुरा ठीक उल्टो ढंगले खण्डित भएन । हामी गलत भाष्य बोकेर आन्दोलनलाई क्षति पुर्याउन हिँडेका रहेछौं ।
म कुन र कत्रो विरासतबाट यहाँसम्म आएको हुँ भन्ने बिर्सिंदा राजनीतिमा यस्ता गल्ती हुँदारहेछन् । माधव नेपालहरूले एमालेभित्रै लड्नुपर्छ भन्ने बाटो छाड्दा अरुको मुख ताकेर चल्नुपर्ने ठाउँमा पुगेका हुन् । त्यसैले अब माधव र झलनाथ फर्किन्छन् कि फर्किँदैनन्, त्यो उनीहरूको कुरा भयो । हिजोको एमाले निर्माणसँग सम्बन्धित, यसको सुदृढीकरण र सशक्तिकरणमा योगदान भएका हरेक मानिस मूलप्रवाहमा सामेल नभई सुख छैन । विभाजनको ३ वर्षले दिएको सन्देश हो यो ।
कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुग्दा जसरी नेकपा एसकै नेता, कार्यकर्तामा उत्साह पैदा भएको छ, माधव-झलनाथका निम्ति त्यो ठूलो चेतावनी पनि हो । नेता मिलेनन् भने पनि आफू आफैँ फर्किने बाटो बन्द छैन । त्यसैले समयमै उचित निष्कर्षमा नेतृत्व पुग्ला भन्ने उक्त पार्टीका नेता, कार्यकर्ता पर्खाइमा छन् ।
हार्दिक बधाई तथा शुभकामना । खुशि हुने दिन गन्न सकिने भयो ।