कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा थप ६ दिन गर्‍यो – Nepal Press

कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा थप ६ दिन गर्‍यो

विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो ।

जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *