महाधिवेशन र जिल्ला अधिवेशनबारे तरुण दलको ५ बुँदे परिपत्रमा के छ ?


काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले संगठन मातहतमा ५ बुँदे परिपत्र पठाएको छ। अध्यक्ष विद्वान गुरुङले पाँचौ महाधिवेशनबारे तरुण दल जिल्ला अध्यक्ष एवं कार्यसमितिलाई परिपत्र पठाएका हुन्।
जिल्लाको अध्यक्षहरुलाई वडा र पालिका तहको अधिवेशनको केन्द्रलाई जानकारी गराइ मिति तय गरेर सो तहको अधिवेशन गर्ने जिम्मेवारी, केन्द्रबाट स्वीकृत गर्न तोकिएको शुल्क सहित जिल्लाको पूर्णकालिन फारम केन्द्रमा बुझाउन निर्देशन दिइएको छ।
नेपाली काङ्ग्रेस पार्टीको जिल्ला समितीसँग अधिवेशन गर्न समन्वय गर्न, वडा र पालिका अधिवेशन गरि जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदन गर्न केन्द्रमा पठाउन र वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका जिल्लाहरुले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरि दलको केन्द्रिय कार्यालयमा अनुमति लिन भनिएको छ।