तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी – Nepal Press

तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी

काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ ।

सोही अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् । समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ १५ गते आयोजना गरेको सभाको तयारीका लागि माओवादीले अभियान स्थगित गरेको थियो ।

आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् ।

भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ । अभियानले पार्टीसँग जनतालाई जोड्न प्रभावकारी काम गरिरहेको माओवादीको निष्कर्ष छ ।

कोशी प्रदेशको झापाबाट सुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंग्याउने माओवादीको तयारी छ ।


प्रतिक्रिया

One thought on “तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी

  1. के को जागरण ? कसलाई ठग्न पाईन्छ भनेर हिडेका हुन् । मर्निङ् वाक भनेर नौटंकी गर्दै हिडेर जागरण हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर