राजावादीको आन्दोलनमा २० जनालाई गोली लागेको प्रहरीको स्वीकारोक्ति – Nepal Press

राजावादीको आन्दोलनमा २० जनालाई गोली लागेको प्रहरीको स्वीकारोक्ति

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सो जानकारी दिएका हुन् ।

गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको आचार्यले बताए ।

आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयाे । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *